अफगानिस्तानमा भएकाे आतङ्कवादी आक्रमणको निन्दा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल सरकारले काबुलस्थित दाश्त–ए–बार्ची अस्पताल र अफगानिस्तानका अन्य क्षेत्रमा मङ्गलबार भएको आतङ्कवादी आक्रमणमा परी नवजात शिशु, सुत्केरी आमा, परिचारिका र अन्य जनसाधारण मारिएकामा शोक प्रकट गरेको छ।    

सरकारले उक्त जघन्य कृत्यको निन्दा गर्दै अफगान सरकार र मृतकका परिवारजनमा शोक व्यक्त गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

दक्षिण एशियाको मित्र मुलुक अफगानिस्तानको शान्ति, सुरक्षा, स्थायित्व र आर्थिक विकासको पक्षमा नेपाल सदैव रहेको परराष्ट्र मन्त्रालयले आज जारी गरिएको वक्तव्यमा जनाइएको छ। 

प्रकाशित मिति: : 2020-05-13 19:05:27

प्रतिकृया दिनुहोस्