बाँके र कपिलबस्तुमा थप एक-एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या २१९ पुगेको छ।
काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलबस्तुका २२ वर्षिय पुरूषमा कोरोना संक्रमण देखिएको हो।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए।