नेकपाले बाेलायाे भाेलिका लागि स्थायी कमिटी बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बुधबारका लागि ११ बजे बस्ने गरी बैठक बोलाइएको हो।

बैठक माग गर्दै २० जना स्थायी  कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए। त्यसपछि सचिवालय बैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको थियो।

तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो। सरकार अब नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रुप दिने तयारीमा जुटेको छ। संविधानअनुसार जेठ १५ गते बजेट ल्याउनै पर्ने हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि बजेटलाई अन्तिम रुप दिन व्यस्त छन्। 

सचिवालयका चार सदस्य पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको जोड अहिले पनि स्थायी कमिटीको बैठक सुरु गर्ने र केही समयका लागि स्थगित गर्नेमा छन्।

प्रकाशित मिति: : 2020-05-12 14:19:44

प्रतिकृया दिनुहोस्