बझाङ पुगेका डा. केसी बैतडीतर्फ लागे

३ अप्रेशन र एक सय जनाभन्दा बढी बिरामीहरुको जाँच

 जिल्ला अस्पताल बझाङ पुगेका डा. गोविन्द केसी त्यहाँबाट बैतडीतर्फ लागेका छन्।

वैशाख २५ गते बेलुका डडेल्धुराबाट जिल्ला अस्पताल पुगेका डा. केसीले चार दिन जिल्ला अस्पतालमा बसेर सेवा दिएका थिए। 

उनले जिल्ला अस्पतालमा ३ वटा अप्रेशन र एक सय जनाभन्दा बढी बिरामीहरुको जाँच गरेका थिए। 

डडेल्धुराबाट एम्बुलेन्समा बझाङ पुगेका डा. केसी सोमबार बिहान एम्बुलेन्समै  बैतडीतर्फ लागेको जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डा. सन्दिप ओखेडा.ले बताए।

डा.क्टर केसीले जिल्ला अस्पताल बझाङमाभन्दा बढी समस्या डडेल्धुरामा रहेको र त्यहाँ थुप्रै बिरामी पुग्ने भएकाले बैतडीमा २र३ दिन बसेर फेरि डडेल्धुरा नै पुग्ने जानकारी दिए । 
 

प्रकाशित मिति: : 2020-05-12 07:54:18

प्रतिकृया दिनुहोस्