नेपालमा १३४ कोरोना संक्रमित, एकैदिन थपिए २४ संक्रमित

नेपालमा सोमबार एकै दिन २४ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो।

कपिलवस्तु, रुपन्देही, बर्दिया र सप्तरी गरी सोमबार २४ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कपिलवस्तुमा १६, रुपन्देहीमा ६, बर्दियामा र सप्तरीमा एक-एक जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार संक्रमित भनिएका ११ वर्षदेखि  ४० वर्ष उमेर समूहका छन्।

कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७ मा सोमबार बिहान दश जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुष थिए भने एक पुरुषको उमेर खुलेको थिएन ।

मन्त्रालयले आजै साँझ दिएको अपडेटअनुसार, कपिलवस्तुमा ६ जना संक्रमित थपिए। कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धिभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका–६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार, बर्दियाको राजापुर–५ का ११ वर्षीया किशोरीमा संक्रमण देखिएको छ । अझ, यी युवा संक्रमितहरु भारतबाट फर्किएका हुन्।

यो सँगै, नेपालमा संक्रमित संख्या १३४ पुगेको छ । संक्रमित मध्ये ३३ जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति: : 2020-05-11 20:26:12

प्रतिकृया दिनुहोस्