सरकारले भारतसँग तत्कालै वार्ता गर्छ, फुर्सदमा गरौंला भन्नेमा हामी छैनाैं: परराष्ट्रमन्त्री ज्ञवाली

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे तत्काल वार्ता गर्न भएको छ।

अन्तराष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकार भोलि गरेपनि हुन्छ, फुर्सदमा गरौंला भन्ने पक्षमा आफू नरहेको बताए। ‘नोभेम्बर २ देखि निरन्तर ताकेता गरिरहेका छौं,’उनले भने,‘कोरोनापछि वार्ता गर्न तयार छौं भन्नुभएको छ। हामी त्यति पर्खिने पक्षमा छैनौं।’

उनले भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य पनि हेरेको बताए। ‘अस्तिको भारतको जवाफ पनि हेरे। आफ्नै भूमिमा सडक बनाएको दाबी गरेको छ र, सीमा समस्याबारे कोरोना भाइरसको महामारीपछि नेपालसँग वार्ता गर्न तयार रहेको बताएको छ। तर नेपालले त्यसबेलासम्म पर्खिन सक्दैनौं,’उनले भने।

समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले भारतसँग भर्चुअल वार्ता गर्न सुझाएका थिए। उनले कोरोना भाइरसको कारण देखाएर भारतसँग कुरा गर्न कुरा गर्न छोड्नु नहुनेमा जोड दिए। 

तर रराष्ट्रमन्त्री ज्ञवालीले भर्चुअल वार्ताको डाटा सुरक्षालगायतको प्रश्न उठ्ने बताए।

सीमाबारे जथाभावी नबोल्न मन्त्री अर्याललाई नेपालको चेतावनी

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले अनावश्यक अभिव्यक्ति दिएको बताएका छन्। 

अर्यालले २ सय वर्षदेखि नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेर दाबी गरेका थिए।   उनले मन्त्री अर्याललाई त्यस्तो नबोल्न सचेत गराउँदै माफी माग्न समेत सुझाव दिएका छन्। 

 नेता नेपालले भने, ‘सरकारलाई विवादित बनाउने काम नगर्नुस्, तत्काल माफी मागिहाल्नुस्। शिक्षा मन्त्रालयले पनि आफ्ना सम्पूर्ण पाठ्यक्रममा नेपालको सम्पूर्ण भूभाग भएको नक्सा प्रकाशन गर्नु पर्यो।’

उनले तत्काल सम्पूर्ण भूभाग समेटिएको नेपालको नक्सा प्रकाशन गर्न आग्रह पनि गरे।  नेता नेपालले आवश्यक परे सिमानामा काडेतार लगाउन समेत जोड दिएका छन्। 

भारतले पिलर सार्ने, सीमा मिच्ने, सुरक्षाकर्मीको क्याम्प राख्ने जस्ता काम गरेकोले अब काडेतार लगाउनेबारे अघि बढ्नुपर्ने उनको जोड छ। 

प्रकाशित मिति: : 2020-05-11 12:18:07

प्रतिकृया दिनुहोस्