लिपुलेक यथाशीघ्र फिर्ता गर्न पूर्वसांसद मञ्चकाे आह्वान

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वसांसद मञ्च नेपालले लिपुलेक नेपालको भूभागमा भारतद्वारा सडक बनाएर उद्घाटन गर्नु मिचाहा कार्यप्रति भत्र्सना गर्दै नेपाली भूभाग यथाशीघ्र फिर्ता गर्न भारतलाई आह्वान गरेको छ । 

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा वार्ताद्वारा विवादको तार्किक निष्कर्षमा पु¥याउनुपर्ने ठाउँमा वार्तालाई आलटाल गर्ने र विश्व कोरोना महमारीविरुद्ध जुटिरहेको अवस्थामा नेपालको भूभागका सडक बनाएर उद्घाटन गर्ने कार्यका भत्र्सना गर्दै फिर्ता गर्न आह्वान गरेको हो । 
 
ं‘भारतले लामो समयदेखि नेपाली भूभाग अतिक्रमण गरेको र भारतभित्रै नेपाली भूभाग पनि पर्ने गरी नक्सा प्रकाशन गर्दा पनि नेपाल सरकारले मातृभूमिको सार्वभौमिकता रक्षार्थ प्रभावकारी कूटनीतिक पहल गर्न नसकेकामा दुःख व्यतm गर्दछ’, विज्ञप्तिमा भनिएको छ,‘भारतद्वारा अतिक्रमित सम्पूर्ण नेपाली भूभाग फिर्ता गर्न भारत सरकारसँग प्रधानमन्त्रीस्तरमा  वार्ता गरी समाधान गर्न, मूर्त  र प्रभावकारी कदम चाल्न मञ्च सरकारलाई आह्वान गर्दछ ।’

मञ्चले आपूmसँग रहेका भरपर्दा नक्सा प्रमाणका आधारमा चीनलाई  सहमति  गराएर नेपाल–चीन–भारतको त्रिदेशीय बिन्दु लिम्पियाधुरालाई कायम गराउन आवश्यक काम गर्न पनि नेपाल सरकारलाई आह्वान गरेको छ । सन् १८१६ मा भएको नेपाल र ब्रिटिस भारत बीचको सुगौली सन्धिमा महाकालीपारि मात्र भारत भन्ने प्रस्ट छ । जल विज्ञानको  सर्वमान्य सिद्धान्त र वैज्ञानिक मापदण्डबमोजिम लिम्पियाधुराबाट निस्कने खोला नै काली नदी हो भन्ने प्रस्ट छ ।

महाकाली पूर्वमा रहनाका अतिरितm भरपर्दा ऐतिहासिक प्रमाण र ब्रिटिस भारतले प्रकाशन गरेका सुगौली सन्धि कालीन आधिकारिक नक्सा आदिले लिम्पियाधुरा यता लिपुलेक कालापानी लगायतका भूभाग  नेपालको हो । विज्ञप्तिमा भनिएको छ,‘गत नोभेम्बरमा  भारतले  लिपुलेक कालापानी क्षेत्रलाई भारतको देखाउने गरी जारी एक पक्षीय नक्सापश्चात् भएको विरोधपश्चात् पनि दुई प्रधानमन्त्रीस्तरमा विवादलाई आपसी वार्ताद्वारा टुङ्ग्याने समझदारीका अतिरिक्त दुई देशका परराष्ट्र सचिवस्तरमा वार्ता गर्ने पत्राचार भएको छ ।’
 

प्रकाशित मिति: : 2020-05-10 21:56:36

प्रतिकृया दिनुहोस्