मकवानपुरमा ८० किलो लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ बस्ने फुलमाया तामाङ रहेका छन्।
तामाङले आफ्नो घर कोठामा गाँजा लुकाई छिपाई राखेको बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय, मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएकाे टोलीले छापा मारेको थियो।
छापा मार्दा घरको माथी चोटामा लुकाई छिपाई राखेको अवस्थामा ८० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
तामाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले बताएको छ।