लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरेको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेका ३५ जनालाई प्रहरीले रिहा गरेको छ।
मेट्रो प्रहरीका प्रमुख डिआइजी विश्वराज पोखरेलका अनुसार प्रहरीले पक्राउ गरेकाे पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यातसहित ३५ जनालाई छाडेको हो।
उनीहरु सबैलाई प्रहरीले लकडाउन उल्लंघन गरेकाले पक्राउ गरेको डिआइजी पोखरेलले बताए।
नेपालको भूमि लिपुलेक हुँदै भारतले शुक्रबार एकतर्फी रुपमा सडक उद्घाटन गरेपछि त्यसको विरोधमा राजधानीको माइतिघर मण्डलाका साथै भारतीय दुतावास अगाडि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए।