पर्सा छिपहरमाई गाउँपालिका– ४, बन्जारीमा शनिबार अपरान्ह एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
उदयपुर घुर्मी निवासी मोतिलाल यादवको ७ बर्षिया छोरी अन्जली यादवको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, पोखरीयाले जनाएको छ ।
उदयपुरघुर्मीबाट बन्जारीस्थित मामाघर आएकी बालिका साथीहरुसँग पोखरीमा नुहाउन र माछा मार्न जाँदा अचानक डुबेर बेहोस भएकी थिइन्।
उपचारको लागि नजिकैको स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा उनकाे बाटोमै मृत्यु भएको प्रहरीले पुष्टि गरेकाे छ। बालिकाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याइएको छ ।