गुल्मी, दोलखा र सुर्खेतमा गरी ३ जना मृत अवस्थामा फेला परेका छन्।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका-५ बगाउने बस्ने टेक बहादुर घर्तीको घरमा बस्दै आएकी बाग्लुङ गालकोट नगरपालिका-३ हटिया घर भएकी ११ वर्षीया सरिता विक आफ्नै कोठामा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेकी छन्।
यसैगरी दोलखाको शैलुङ गाउँपालिका-५ स्थित गोरेटो बाटोमा सोही गाउँपालिका-५ घ्याङडाँडा बस्ने ४९ वर्षीय कृष्ण बहादुर कार्की शुक्रबार दिउँसो मृत अबस्थामा फेला परेका छन्।
यसैगरी सुर्खेतको चपुरी नगरपालिका-९ राग बस्ने ७५ वर्षीया खगिसरा पौडेलको घरदेखि अन्दाजी ३ सय ५० मिटर टाढा रहेको तलाउमा डुबेर मृत्यु भएको छ। उनी मृत अवस्थामा शनिबार बिहान फेला परेकी थिइन्।
तीन वटै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।