भारतमा रोकिएको कक्षा १० र १२ को परीक्षा आउँदो जुलाई १ देखि हुने

भारतमा कोरोना भाइरसकाे महामारी कारण रोकिएको कक्षा १० र १२ को परीक्षा आउँदो जुलाई १ देखि हुनेभएको छ। 

केन्द्रीय सरकार अन्तर्गत रहेर लिइने केन्द्रीयस्तरको यस परीक्षा सार्वजनिक तथा निजी दुवै विद्यालयका छात्रछात्राहरुका महत्वपूर्ण मानिने गर्छ।

केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आउँदो जुलाई १५ सम्ममा सम्पन्न गरिने तय गरेकाे छ। 

‘विद्यार्थीहरुको अत्यधिक चासो र चिन्ताको विषय बनेको यस परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ’, केन्द्रीय जनशक्ति मन्त्री रमेश पोख्रियाले शुक्रबार भने।

कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गरेकाले यसअघि परीक्षा हुन सकेको थिएन। भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै छ। 

यहाँ  कोरोना संक्रमितको संख्या साढे ५९ हजार नाघेको छ। हिजो ३३ सय भन्दा धेरै नयाँ बिरामी थपिएपछि भारतमा ५९ हजार ६ सय ९३ जनामा कोरोना पुष्टि भएको हो। त्यहाँ अहिलेसम्म १ हजार ९ सय ८५ जनाको ज्यान गएको छ। १७ हजार ८ सय ८७ जना भने निको भएका छन्।

प्रकाशित मिति: : 2020-05-09 08:47:24

प्रतिकृया दिनुहोस्