नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुग्याे, कपिलवस्तुका दुई पुरुषमा संक्रमण पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । कुल संक्रमितमध्ये ७३ जना पुरुष र २८ जना महिला रहेका छन्।

प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा ३०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा २६, सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ। यस्तै कर्णाली प्रदेशमा भने हालसम्म संक्रमित भेटिएका छैनन्। कर्णाली अहिलेसम्म ‘सेफ जोन’मा रहेकाे छ।

तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् । यस्तै उनले उपचारपछि डिस्चार्ज भइसकेका तीन जनामा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ।

 

 

 

प्रकाशित मिति: : 2020-05-07 21:09:42

प्रतिकृया दिनुहोस्