भोटेकोशी गाउँपालीका सिन्धुपाल्चोकले तास खेल्दा थुक लगाए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
वडाअध्यक्ष मुके शर्पाले मंगलबार भए विज्ञप्ती निकाल्दै तास खेल्दा हात मुख र जिब्रोमा लैजाँदा कोरोना संक्रमणको खतरा हुने भन्दै सो चेतावनी दिएका हुन्।
‘नेपाल सरकारको आदेश अनुसार पैसा आदनप्रदान गर्दा थुक लगाउदा हात जिब्रोमा छुदा कोरोना संक्रमणको उच्च जोखिम हुन सक्ने सम्भावना भएकोले यस भोटेकोशी गाउँपालीका १ अन्तरगतका सबै टोलहरुमा जुवा तास नखेल्न र नखेलाउन सबैमा यो सूचना प्रकाशित गरिएको छ,’विज्ञप्तीमा भनिएको छ।
अन्यथा कोरोना संक्रमण भएको थाहा भए कानुन बमोजिम सजाय हुने उनले बताए।