अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने
भारतले विदेशमा फसेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउने भएको छ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न धेरै देशहरुले लकडाउन गरेकाले धेरै व्यक्तिको रोजगारी गुमेको छ। कतिपय भिसा अवधि सकिएर अलपत्र परेका छन्।
उनीहरुलाई हवाई जहाज र जल सेनाको पानी जहाजमार्फत् मे महिनाको ७ तारिखदेखि स्वदेश फर्काउन लागेको हो।
विदेश मन्त्रालय र उच्चायोगले विदेशबाट उद्धार गर्ने नागरिकहरुको सूची तयार गरिरहेका छन्।
Government of India to facilitate return of Indian Nationals stranded abroad.
— Spokesperson, Ministry of Home Affairs (@PIBHomeAffairs) May 4, 2020
Process to begin from May 7 in a phased manner.@MEAIndia & @MoCA_GoI to soon share detailed info on their websites.#COVIDー19#IndiaFightsCoronavirus
Press Release ????https://t.co/XPYsKYoiJ9 pic.twitter.com/cBrYUKT6Yl
उडान भर्नुअघि यात्रुहरुको स्वास्थ्य जाँच गरिने छ। कोरोना संक्रमणको लक्षण नभएकाहरु मात्रै स्वदेश आउन पाउने छन्।
भारत आइसकेपछि उनीहरुलाई पुनः स्वास्थ्य जाँच गर्ने र अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने छ।
१४ दिन क्वारेन्टाइनमा बसेपछि फेरि कोरोना परीक्षण गर्ने र त्यसपछि पनि संक्रमण नदेखिएकाहरुलाई उनीहरुको घर जान दिइने छ।