सांसद यादवविरुद्ध महेश बस्नेत र सर्वेन्द्र खनालले पनि दिए आयोगमा उजुरी

बिएल संवाददाता

काठमाडाै‌ं

सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन्। उनीहरुले  जनता समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण नगरेको भन्दै सोमबार आयोग कार्यालय पुगेर उजुरी दिएका हुन्।

सांसद यादवलाई बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए। डा. यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताउँदै आएका छन्।

प्रहरी र सरकारी वकिलको कार्यालयले अपहरणको उजुरी दर्ता गर्न नमानेपछि पूर्वमन्त्री डा. यादव राष्ट्रिय मानवअधिकार आयोग पुगेका थिए।   बिहीबार सांसद यादवले आयोगमा पुगेर आफ्नो जीवनरक्षा र घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै निवेदन दर्ता गरेका हुन्। 

यसअघि महानगरीय प्रहरी परिसर, काठमाडौंले अपहरणको उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो।

मंगलबार सरकारी वकिलको कार्यालय, काठमाडौंले सांसदद्वय बस्नेत र श्रेष्ठ (किसान) तथा पूर्वमहानिरीक्षक खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि मानवअधिकार आयोग पुग्नुपरेको सांसद यादवले जानकारी दिएका थिए। 

तत्कालीन समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन्।

प्रकाशित मिति: : 2020-05-04 14:25:00

प्रतिकृया दिनुहोस्