बंगलादेशमा कोरोना भाइरस संक्रमितको संख्या शनिबार झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
विगत २४ घण्टामा थप ५५२ वृद्धि भई कूल संक्रमितको संख्या आठ हजार ७९० पुगेको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी प्राध्यापक नाजिमा सुल्तानाले शनिबार बताए । मन्त्रालयका अनुसार बंगलादेशमा विगत २४ घण्टामा थप पाँच संक्रमितको मृत्यु भएको छ । कोभिड–१९का कारण मृत्यु हुनेको संख्या शनिबारसम्म १७५ पुगेको छ ।
उfका अनुसार बंगलादेशमा विगत २४ घण्टामा पाँच हजार ८२७ कोरोनाभाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षण गरिएको थियो । अस्पताल स्रोतले दिएको जानकारी अनुसार संक्रमितमध्ये शनिबारसम्ममा १७७ जना उपचारपछि निको भई घर फर्किएका छन् ।
विश्वभर कोरोना भाइरसबाटसंक्रमितको संख्या ३४ लाख २६ हजार ३८९ पुगेको छ भने दुई लाख ४० हजार ४९० संक्रमित व्यक्ति को मृत्यु भएको छ । विश्वभर संक्रमणपछि चिकित्सकको निगरानीमा बसेर उपचार गरी निको भई घर फर्किनेको संख्या १० लाख ९३ हजार ९६७ पुगेको छ ।