युरोपमा कोभिड-१९ सँगै बालबालिकामा कावाजाकी संक्रमण

अनुराधा पौडेल

पेरिस-फ्रान्स

कोभिड-१९ को महामारीले सताइरहेको युरोपका बालबालिकामा कावाजाकी भन्ने संक्रामक रोगको अर्को प्रकोप देखापर्न थालेको छ। बेलायतका चिकित्सकहरुले यो रोग सम्भवत कोभिड-१९ विषाणुका कारण हुन सक्ने भनी चेतावनी जारी गरेपछि बुधवारदेखि युरोपमा यसको चर्चा शुरु भएको छ।

बेलायतमा यो रोगको पहिचान भएका मार्ले नामका बालकमा कोभिड-१९ परीक्षणको नतिजा नकारात्मक आयो। तर,  उनीमा सम्भवत:  कोभिड-१९ विषाणुका वाहक रहेको हुनसक्ने अनुमान परीक्षण गर्ने चिकित्सकले गरेका छन्।

सन् १९६७ मा जापानमा पहिलोपटक यो रोगको पहिचान भएको हो। अहिले पनि जापान र जापानबाट अमेरिका बसाइ सराइ गरेका बाबुआमाका छोराछोरीमा यो संक्रामक रोग देखिदै आएको छ। तर, युरोपमा भने यसको प्रकोप नेदेखिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्।

शुरुमा उच्च ज्वरो आउने, मुटुका धमनीहरु फोक्सो तथा आन्द्रा फुल्ने, जिब्रो रातो हुने र बिबिराहरु उठ्ने कावाजाकीका लक्षण हुन्। यो रोग ६ महिनादेखि पाँच बर्षका बालबालिकामा सम्भवत: दोस्रो कुनै रोगको कारण हुन्छ। युरोपमा भने यो रोग १० वर्षमुनिका बालबालिकामा देखापरेको छ।

शुरुमा उच्च ज्वरो आउने, मुटुका धमनीहरु फोक्सो तथा आन्द्रा फुल्ने, जिब्रो रातो हुने र बिबिराहरु उठ्ने यो रोगका लक्षण हुन्। कावाजाकीबारे विकिपेडियामा जनाइए अनुसार ६ महिनादेखि पाँच बर्षका बालबालिकामा यो रोगको संक्रमण हुन्छ र यसको संक्रमण सम्भवत: दोस्रो कुनै रोगको कारण हुन्छ। युरोपमा भने यो रोग १० वर्षमुनिका बालबालिकामा देखापरेको छ।

बितेका तीन सातामा राजधानी पेरिस आसपासमा यो रोगका कारण २५ बालबालिका सघन उपचार कक्षमा भर्ना गरिसकिएका छन्। भर्ना गरिएका बालबालिकाले शीघ्र स्वास्थ्यलाभ गरे पनि यस्तो अबस्था आउनु चिन्ताजनक रहेको फ्रान्सेली स्वास्थ्यमन्त्री ओलिभिए भेराँले बुधबार सदनको अधिबेशनमा बताएका छन्। उनले भने, ‘युरोजोनमा रहेका देशहरु मिलेर यो रोगबारे थप अध्ययन गरिरहेका छन्।’

पेरिस नजिकै काम डा एक्जभिए पोते भन्ने चिकित्सकले फ्रान्सको टेलिभिजन च्यानल एकलाई दिएको जानकारि अनुसार शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकामा कोभिड-१९ संक्रमण पाइएको र तिनीहरूमा कावाजाकीको थप संक्रमण देखिएको छ।

केही दिनयता बेल्जियममा १०, इटलीमा  २० र बेलायतमा २० कावाजाकीका नयाँ विरामी भेटिएका छन्।  

प्रकाशित मिति: : 2020-04-30 05:25:45

प्रतिकृया दिनुहोस्