यूएई र कतारबाट दुई विमानमा आयो मेडिकल सामाग्री

बिएल संवाददाता

काठमाडाै‌ं

युएईले नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य बुधबार साँझ काठमाडौं आइपुगेको छ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार, दुबईबाट एयर इतिहादको वाइडबडी विमानमा चार्टर गरिएको करिब १२ टन सामाग्री नेपाल आएको हो। उक्त सामाग्री लिन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई विमानस्थलमै पुगेका थिए।

यसअघि कतारी शेख अमीर तमीम बिन हमाद अल–थानीले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको ८ टन कोभीड–१९ सम्बन्धि मेडिकल सामाग्री बोकेर कतार एयरवेजको वाइडबडी विमान बुधबार दिउँसो काठमाडौं आएको थियो। 

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले कतारबाट आएका स्वास्थ्य सामाग्री पनि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वस्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतलाई हस्तान्तरण गरेका थिए।

मेडिकल सामानमा पीपीई ७ हजार, पीसीआर टेस्ट किट, एन ९५ मास्क, भीटीएम, सीआरआरटी मेसिन, सर्जिकल ग्लब्स, अक्सीजन प्लान्ट, प्रयोगशालायुक्त मोबाइल एम्बुलेन्स लगायतका १४ प्रकारका सामान छन्।

प्रकाशित मिति: : 2020-04-29 18:05:52

प्रतिकृया दिनुहोस्