युएईमा एक नेपालीको मृत्यु

युएई आएका एक नेपालीको मृत्यु भएको छ। ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा कार्यरत बेलबारी,३ मोरङ ५२ वर्षीय दीपक पराजुलीको हृयघातका कारण आइतबार बिहान उनकै कोठामा मृत्यु भएको हो।

उनी वैदेशिक रोजगारीको लागि ९ वर्ष अघि युएई आएका थिए। केही दिनअघि सामान्य ज्वरो आएर कोठामै औषधि लिइरहेका उनी एक्कासी कोठामा ढलेपछि नजिकैको एनएमसी रोयल अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याए लगत्तै चिकित्कसले मृत्यु भएको पुष्टि गरे।  

उनको शव पोस्टमाटमको लागि एनएमसी रोयल अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: : 2020-04-27 19:18:02

प्रतिकृया दिनुहोस्