तँ 
चुप बसिदिए
पुग्छ
उसको सप्रिन्छ
जिन्दगी......
अत:
नासाग्र हेरेर
मन
समाधिमा लगा!
विचारहरू
त्यागेर
रित्तिएर तँ बस्
अब....
अपठ्यारा
साँघुरा
तेरा झन् 
समस्या हुनन्
हल......
यो छैन
त्यो पनि
छैन
यो कुरा 
स्वानुभूत
हो......
यो पनि 
त्यो पनि गर्न
अब
एकान्तमा तँ जा......
पहिलो अर्थ
यसको
छ 
यो हो
सोपान लक्ष्यको......
डेराविहीन
भोको र प्यासो
भौँतारिँदै
कतै.......
टेवा नपाई
थाकेर
काटिएको
पतङ्गझैँ। 
निराधार
कति डुल्ने
आकाशमा
यता-उता?......
हुरिका
मारमा पर्दै
झर्दै चढ्दै 
र 
पल्टिँदै......
अनुभव
हुने खालि

देखिने,

छोइने.....
पातलो
मानिने झीनो
असाद्धे बलियो
तर.....
अन्त:करण बेरेर
बुनेको
तीन सूत्रले.......
कहिलेदेखि
हो
कुन्नि
कहिलेसम्म हो
अझै......
यसले 
उसले भन्लान् 
इनेरू

तिनेरूले
भन्लान्,
भनून् .......
कुरा काट्नेबाटै
संक्रान्ति आउँछ......
कलि-कलहको
चर्को
यो कोलाहलमा त
झन्......
अवयव
भई एकजुट
सारा शरीरका......
हो
हो 
चाहिन्छ
चाहिन्छ
संक्रान्ति
शान्ति ल्याउन.....

प्रकाशित मिति: : 2020-04-25 19:05:07

प्रतिकृया दिनुहोस्