लकडाउनका कारण आफ्नै छाेरीकाे बिहे ‘अनलाइन’बाट हेरे परिवारले

कोरोनाको महामारी भारतमा फैलिरहँदा सरकारले गत महिनादेखि पुरै देशलाई ‘लकडाउन’ गरेको छ। यस्तो अवस्थामा धार्मिक, सामाजिक र राजनीतिक कार्यक्रमको आयोजनामा रोक लगाइएको छ। 

‘लकडाउन’ कै कारण विवाहको कार्यक्रमसमेत रद्ध भइरहेको बेला भारतको मध्य प्रदेश र गुजरात राज्यमा बस्ने एउटा जोडीले यसको प्रभावशाली उपाय खोजेका छन्। इन्दौरमा बसोबास गर्ने एक युवतीको विवाह यही २० अप्रिलमा गुजराजको अहमदाबादमा बस्ने युवकसँग तय भएको थियो। तर, कारोनाका कारण ‘लकडाउन’ खुल्ने सम्भावना नरेपछि यो जोडीले बुवाआमालाई ‘अनलाइन’ मा राखेर विवाह गरेका छन्। 

युवतीको घर परिवारले ‘अनलाइन’ बाटै आर्शिवाद दिए। इन्दौरको निपानियास्थित तुलसीयाना रेसिडेन्सीमा बसोबास गर्ने अवकाशप्राप्त प्रहरी अधिकारी सुधीर तिवारीको छोरी सिमरनको विवाह ‘अनलाइन’ मार्फत हेरेको आमा र गौरी तिवारीले जानकारी दिइन। 

सिमरन अहमदाबादमा काम गर्थिन। उनको ९ फेब्रुअरीमा अहमदाबादका एक व्यवसायी दिव्य गान्धीसँग बिहेको कुरा छिनोफानो भएको थियो। यति बेला विवाहको समय २० अप्रिल तोकिएको थियो। तर ‘लकडाउन’ का कारण दुबै परिवार घरबाट निस्किने अवस्था भएन। 

छोरी अहमदबादमै जागिरे भएका कारण सोही दिन उनले ‘अनलाइन’ मा आफ्नो आमाबुवालाई राखेर अग्नी अगाडी सातपल्ट घुमेकी थिइन। मेहदी, हल्दीदेखि सिन्दुरको कार्यक्रम सबै आमाबुवाले ‘अनलाइन’ बाटै हेरे। यति बेला केटापक्षको परिवार भने सक्रिय भएको थियो। 
 

प्रकाशित मिति: : 2020-04-24 15:30:44

प्रतिकृया दिनुहोस्