प्रदेश नं १ मा हालसम्म २८ जना कोरोना सङ्मित देखिएका छन्। सङ्क्रमितहरुमा २६ पुरुष र दुई महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ।
सङक्रमितमध्ये १६ नेपाली नागरिक र १२ भारतीय नागरिक रहेका छन्। नेपाली नागरिकमध्ये चार मोरङका, ११ उदयपुर त्रियुगाका, तीन भूल्केका र एक सप्तरीका छन्। उनीहरुको प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ भने सङ्क्रमितको अवस्था सामान्य रहेको छ।
प्रदेशमा चार हजार ८१३ को कोरोना परीक्षण भएको छ। पिसीआर विधिबाट ८८४ को र दू्रत परीक्षण विधि (आरडिटी) बाट बिहीबारसम्म जम्मा तीन हजार ९२९ को नमूना परीक्षण गरिएको छ। प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या बिहीबारसम्म कूल एक हजार ९२ पुगेको छ। २४ पुरुष डिस्चार्ज भएका छन्। आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन्। आइसोलेनसबाट १० जना डिस्चार्ज भएका छन्।
होम क्वारेन्टाइनमा बस्नेमा महिला ७९४ र पुरुष चार हजार ११६ बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।