पूर्वसचिव उपाध्यायलाई तीन दिन थुनामा राख्न अनुमति

बिएल संवाददाता

काठमाडाै‌ं

 पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

विद्युतीय कारोबार ऐनमा व्याख्या भएको कसूरमा  बिहीबार  जिल्ला अदालत, काठमाडौं हाजिर भएका उनलाई तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएकाे हाे।

थप अनुसन्धानका लागि उपाध्यायलाई तीन दिन हिरासतमा राख्न अनुमति पाएको नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए।

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानूनी विषय लेखेको आरोपमा उपाध्याय बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित घरबाटै पक्राउ परेका थिए।

उपाध्यायलाई अहिले महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ।

याे पनि

पूर्वसचिव भीम उपाध्याय पक्राउ

पूर्वसचिव उपाध्यायलाई विनासर्त तत्काल रिहा गर्न कांग्रेसको माग

प्रकाशित मिति: : 2020-04-23 17:16:39

प्रतिकृया दिनुहोस्