भारतमा कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५१९ पुगेको छ। संक्रमितको संख्या १६ हजार भन्दा बढी पुगेको छ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १६ हजार ११५ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये ५१९ जनाको मृत्यु भयो भने २३ सय एकजना निको भएर घर फर्किएका छन्।
सबैभन्दा बढी प्रभावित भएको महाराष्ट्रमा संक्रमितको संख्या ३६ सय ५१ पुगेको छ। त्यहाँ २११ जनाको मृत्यु भइसकेको छ।
यस्तै दिल्लीमा संक्रमितको संख्या १८ सय ९३ पुगेको छ। दिल्लीमा हालसम्म ४३ जनाको कोभिड–१९ बाट ज्यान गएको छ। मध्य प्रदेशमा १४ सय सातजनामा संक्रमण पुष्टि भएकोमा ७० जनाको मृत्यु भइसकेको छ।