क्यानडामा गोली हानेर १३ जनाको हत्या

बिएल संवाददाता

काठमाडाै‌ं

क्यानडामा एक बन्दुकधारीले विभिन्न ठाँउमा जथाभावी गोली चलाउँदा एक महिला प्रहरीसहित १३ जनाको ज्यान गएको छ।

क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा प्रहरीको पोशाक लगाएका एकजना बन्दुकधारीले गोली हानेर १३ जनाको हत्या गरेको हो । आइतबार भएको यो घटनालाई क्यानडामा ३० वर्षयता भएको सबैभन्दा ठूलो सामुहिक हत्या मानिएको छ।

ग्याब्रियल वोर्टम्यान नाम गरेका ५२ वर्षिय ती बन्दुकधारीले क्यानडाको नोभा स्कटिया प्रान्तमा यो घटना गराएका हुन्।

१२ घण्टाको प्रयासपछि उनी प्रहरीको गोलीबाट मारिएका छन्। उनले आक्रमण गर्दा एक ठाउँमा आफूलाई प्रहरीको जस्तै पोशाकमा प्रस्तुत गरेका थिए भने गाडीलाई पनि प्रहरीको गाडी जस्तै बनाएका थिए।

प्रहरीले ती व्यक्ति र हत्या गरिएका मानिसहरूबीच कुनै सम्बन्ध नभएको जनाएको छ।

नोवा स्कोटियाको ग्रामिण शहर पोर्टापिकमा बन्दुकधारी शनिबार राति घुसेको सूचना पाएपछि प्रहरीले स्थानीयलाई घरबाट बाहिर ननिस्किन भनिएको थियो । प्रहरीबाट भाग्दै, लुक्दै बन्दुकधारीले आइतबार धेरै स्थानमा गोली हानेर १० जनाको हत्या गरेको बीबीसीले जनाएको छ ।

आक्रमणकारी ५१ वर्षीय गेब्रियल वार्टम्यान रहेको र प्रहरीको जस्तै देखिने गाडी प्रयोग गरेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री जस्टिज ट्रुडोले घटनालाई ‘निकै दुःखद’ को संज्ञा दिएका छन् । नोवा स्कोटियाका प्रिमियम स्टिफन म्याकलिनले भने प्रान्तकै इतिहासमा सबैभन्दा दुःखद घटनामध्ये एक हो भनेका छन् ।

व्यक्तिगत रुपमा बन्दुक राख्ने कानुन छिमेकी अमेरिकामा भन्दा निकै कडा रहेको क्यानडामा गोलीकाण्डका घटना कमै हुने गर्दछन् । 

प्रकाशित मिति: : 2020-04-20 07:51:35

प्रतिकृया दिनुहोस्