अमेरिकामा कोरोनाबाट एकैदिन मर्ने र संक्रमित हुनेको नयाँ कीर्तिमान

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिका डेटलाइनमा कोभिड-१९ को प्रिय खबर लेख्न पाइयोस् भनेर जतिसुकै कामना गरे पनि त्यस्तो अवसर दुर्लभ हुदै गएको छ। कोरोना तथ्यांक पाइने सरकारीदेखि गैरसरकारीसम्मका सबै स्रोत चाहर्दा पनि अन्तत: हात लाग्यो शून्य जस्तै भएको छ। 

अमेरिकामा अप्रिल १५,२०२० को घाम अस्ताइ सक्यो। आज पनि न कोरोना संक्रमित संख्यामा लगाम लाग्यो न मृतक संख्यामै । हिजोभन्दा आज थप मानिस शव भएका छन्, थप मानिस संक्रमित भएका छन्। 

आजको लागि प्रकाशित कोरोना तथ्यांकको अन्तिम तालिकाअनुसार आज अमेरिकामा २,७६३ को निधन भएको छ भने ३०,४८७ अरू संक्रमित भएका छन्। यो संख्या हिजो क्रमश: २,४०७ र २६,९४२ थियो। 

अमेरिकामा ४८,७०१ कोरोना संक्रमित निको भएका छन् भने १३,७४७ गम्भीर विरामी अवस्थामा उपचार गराइरहेका छन्। 

अमेरिका डेटलाइनमा कोभिड-१९ को प्रिय खबर लेख्न पाइयोस् भनेर जतिसुकै कामना गरे पनि त्यस्तो अवसर दुर्लभ हुदै गएको छ। कोरोना तथ्यांक पाइने सरकारीदेखि गैरसरकारीसम्मका सबै स्रोत चाहर्दा पनि अन्तत: हात लाग्यो शून्य जस्तै भएको छ। बुधबार अमेरिकामा एकैदिन कोरोना भाइरस संक्रमित हुनेको संख्या पनि बढेको छ, मृतकको संख्या पनि बढेको छ। अर्को शव्दमा भन्ने हो भने कोरोनाका सबैखाले अप्रिय नयाँ कीर्तिमान बनेका छन्। 

यसैबीच आजसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ६४४,०६१ पुगेको छ भने मृतकको संख्या ३२,५८८ पुगेको छ। अमेरिकामा मात्र हैन, युरोपमा पनि मृतक संख्याको ग्राफ उकालो लागेकै छ। 

विश्वमा कोरोना संक्रमितको संख्या २,०८२,२९६ पुगेको छ भने मृतकको संख्या १३४,५४० पुगेको छ। खुशीको खबर कोरोनामाथि विजयी हुनेको संख्या पनि कम छैन।अहिलसम्म संसारभर ५०९९२८ कोरोना संक्रमित निको भएका छन्। 

प्रकाशित मिति: : 2020-04-16 06:20:53

प्रतिकृया दिनुहोस्