अमेरिकाको स्टिमुलस चेकमा ट्रम्पको नाम, नाम छाप्दा चेक पठाउन ढिलाई

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकामा कोरोना प्रभावितलाई राहत स्वरूप पठाइन लागिएको स्टिमुलस चेकमा राष्ट्रपति डोनल्ड ट्रम्पको नाम समावेश गरिरने भएको छ। ट्रम्प प्रशासनले अन्तिम अवस्थामा उनको नाम  चेकमा समावेश गर्ने भनेपछि चेक पाउँन हप्तौ लाग्ने भएको छ। 

अमेरिकी ट्रेजरी विभागका एक अधिकारीले यसको पुष्टी गर्दै चेक पुन: छपाउनुपर्ने भएकाले चेक नै प्राप्त गर्नेले भने थप केही साता पर्खनुपर्ने बताएर उनका अनुसार त्यसका लागि बणीमा २० सातासम्म लाग्न सक्छ। 

कर दाखिलाका समयमा बैंक खाता नै दिनेका लागि भने यो समस्या छैन। उनीहरूको खातामा भने रकम जम्मा हुन थालेको आइआरएसका एक अधिकारीले बताए। 

अमेरिकामा कोरोना भाइरस प्रभावित मध्यम तथा निम्न आय भएका करदातालाई राहत स्वरूप पठाइन लागेको स्टिमुलस चेकमाथि राजनीति सुरू भएको छ। चेकमा एकाएक राष्ट्रपति ट्रम्पको नाम छापेर पठाउने निर्णय भएपछि चेक पठाउन हप्तौ लाग्ने भएको छ। ट्रम्प प्रशासनको यो ढिलासुस्तीलाई सभामुख न्यान्सी पेलोसीले स्टिमुलस चेकमाथिको राजनीति भन्दै यसको निन्दा गरेकी छिन्। 

यसैबीच अमेरकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले स्टिमुलस चेकमा ट्रम्पको नाम राख्ने कुरा हाँस्यास्पद भएको प्रतिक्रिया दिएकी छैन। उनले अहिले अमेरिकी जनतालाई कस्को नाममा भन्दा पनि जति सक्दो चाँडो राहत चेक चाहिएको बताउँदै उनले भनिन् नाम छाप्नतिर नलागेर चेक पठाउन तिर लागेको भए जनताले छिटो राहत पाउँने थिए। 

उनले राहत चेक ट्रम्पले नदिएको बताउँदै करदाताले आफैंले तिरेको पैसा आपतको बेला फिर्ता पाएको बताइन्। त्यसका लागि कंग्रेसले एक मिनेट पनि ढिलो नगरी बिल पास गरेको स्मरण गराउँदै उनले भनिन्, यतिका दिन बितिसक्दा पनि जनताले राहत पाउँन नसक्नु ट्रम्प प्रशासनको नालायकीपन हो । उनले स्टिमुलस चेकमा राजनीति नगर्न पनि ट्रम्पलाई चेतावनी दिइन्। 

उता, राष्ट्रपति ट्रम्पले भने बुधबारको प्रेस व्रिफिङमा यस बारेमा सोधिएको प्रश्नको उत्तरमा जे भएको छ त्यो सबै राम्रै भएको छ भनेर नाम छपाउने निर्णयको वचाउ गरेका छन्। 

प्रकाशित मिति: : 2020-04-16 05:22:26

प्रतिकृया दिनुहोस्