नक्कली बिरामी बोक्ने एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तानसेन नगरपालिका–७ प्रभासदेखि बाग्लुङ्को खर्बाङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स जाँच गर्दा नक्कली बिरामी भेटिएपछि जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हाे।
निस्दी बोडिगार्ड सामुदायिक विकास केन्द्र गुल्मीद्वारा सञ्चालित एम्बुलेन्सले आठ जना नक्कली बिरामी लिएर हिँडेको भेटिएकाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख दीपेन्द्र जीसीले बताए।
बिरामीको बहानामा यात्रु बोकेकाले चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी पाल्पाले लकडाउन उल्लघंन गरेर सवारी संचालन गर्ने दुई सय ३५ निजी तथा सार्वजनिक सवारीलाई समेत नियन्त्रणमा लिई कारबाही सुरु गरेको जनाएको छ।