चट्याङ लागेर मृत्यु

दार्चुलामा चट्याङ लागेर एककोे मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खाती रहेकी छन् भने घाइते हुनेमा सीता खाती र छोरा राजेन्द्र खाती रहेका छन्।

 घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिका लक्ष्मीको मङ्गलबार राति घटनास्थलमै मृत्यु भएको हो। घाइते हुने अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। चट्याङले घर पूर्णरूपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेको उनले बताए।

त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङमा बुधबार बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। मृत्यु हुने राक्सिराङ गाउँपालिका–७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा रहेका छन्। 
सोही वडामा चट्याङ परी तीन घाइते भएको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।

प्रकाशित मिति: : 2020-04-15 13:08:52

प्रतिकृया दिनुहोस्