यी हुन् आजका मन्त्रिपरिषद् बैठकका निर्णयहरू

सरकारले लक डाउनको अवधि वैशाख १५ गतेसम्म थप गर्ने निर्णय गरेको छ। 

पहिलो पटक चैत ११ गतेबाट लागू हुनेगरी एक साता लक डाउनको घोषणा गरेको सरकारले चौथो पटक वैशाख १५ गतेसम्म समय थपेको हो। 

यसअघि लक डाउन अवधि बढाउँदै चैत २५ गतेसम्म पुर्‍याएको थियो । त्यसपछि वैशाख ३ गते मध्यरातिसम्म लकडाउनको अवधि थप गरिएको थियो। 

कोरोना भाइरसको संक्रमण अझै फैलिने सम्भावना देखिएकाले लक डाउनलाई वैशाख १५ गते सोमबार मध्यरातसम्मका लागि निरन्तर दिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

यसैगरी सरकारले नेपाल प्रवेश गर्ने सबै विन्दु र भारतसँग जोडिएका खुला सीमानाका बन्द गर्ने निर्णयलाई पनि निरन्तरता दिने निर्णय गरेको छ। 
यद्यपी मालसामानको ढुवानी जारी रहे पनि मानिसहरुको आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ।

सरकारी निर्णयको अवज्ञा गर्दै नेपाल प्रवेश गर्ने वा कुनै विदेशी नागरिकलाई लुकाएर राखेको पाइएमा प्रचलित कानून अनुसार कारवाही गर्ने निर्णय पनि गरिएको खतिवडाले बताए। 

सरकारले सहसचिवहरुको बढुवा तथा सचिवहरुको सरुवा गर्ने निर्णय पनि गरेको छ। प्रशासन कलस्टरका सह सचिव अर्जुन पोखरेललाई सचिवमा बढुवा गर्दै प्रदेश नम्बर २ को प्रमुख सचिवमा सरुवा गरेको छ। 

प्रदेश नम्बर २ का प्रमुख सचिवलाई सुदूपरपश्चिमको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय सरकारले गरेको छ। 

त्यसैगरी ईञ्जिनियरिङ क्लस्टरका सहसचिव सागर राईलाई सचिवमा बढुवा बढुवा गर्दै नेपाल ट्रष्टको सचिवमा सरुवा गरिएको छ।

प्रकाशित मिति: : 2020-04-14 20:11:24

प्रतिकृया दिनुहोस्