अहिलेसम्म ६ हजार २ सय ९९ जनाको स्वाव नमुना परीक्षण, संक्रमितको संख्या १६ पुग्याे

बिएल संवाददाता

काठमाडाै‌ं

अहिलेसम्म स्वाव नमुना परीक्षण (पिसिआर) विधिबाट ६ हजार २ सय ९९ जनाको परीक्षण गरिएको छ।

पछिल्लो २४ मात्र ५ सय ८४ वटा नमुना परीक्षण भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा मात्रै ४ हजार ८ सय १९ वटा जनाको परीक्षण भएको पछिल्लो २४ घण्टामा मा ३ सय ८७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। 

उनका अनुसार प्रयोगशाला बाहिर अहिलेसम्म १ हजार ४ सय ८० जनाको नमुना परीक्षण भएको  छ।

पछिल्लो २४ घण्टामा मात्रै मा १ सय ९७ वटा परीक्षण भएका छन्। ¥यापिड डाइग्नोष्टिक विधि (आरडिटी)बाट अहिलेसम्म ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन्। 

पछिल्लो २४ घण्टामा मात्रै मा १३ सय १६ वटा परीक्षण भएको उनले जानकारी दिए। अहिले ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन्।

उपत्यकामा १२ र उपत्यकाबाहिर ८७ गरी ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

र्‍यापिड किटलाई विदेशबाट आएका व्यक्तिहरुको परीक्षणलाई तिव्रता दिइएको छ।

 देशभरी नै किट वितरण गरिएपनि अझै २१ जिल्लामा परीक्षण हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या भने १६ पुगेको छ। १६ मध्य एकजना निको भएर घर फर्किसकेका छन भने सेती प्रादेशिक अस्पतालमा ५ जना, वीरगञ्जमा ३ जना, बाग्लुङमा २ जना, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २ जना र पाटन अस्पतालमा २ जनाको उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-04-14 17:28:36

प्रतिकृया दिनुहोस्