अर्थमन्त्री डा. युवराज खतिवडा कोरोना भारइस संक्रमणको आशंका गरिएका तीन जना बसेका काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा पुगेकाे खुल्न आएकाे छ। अपार्टमेन्ट वेल फेयर सोसाइटीको चुनावका लागि उनी त्यहाँ पुगेकाे सोसाइटिका पूर्वअध्यक्ष प्रविन झाले बताएका हुन्।
सरकारले २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने सरकारले ५ गते घोषणा गरेको थियो। तर चुनाव भने ८ गते भएको थियो। उनका अनुसार सोसाइटिको सचिवमा मन्त्री खतिवडाका छोरा तिलिक खतिवडा निर्वाचित भएका थिए।
चुनावपछि अपार्टमेन्टमा नयाँ कार्यसमितिलाई बधाई दिन मन्त्री डा. खतिवडासमेत पुगेकाे उनकाे दाबी छ। संक्रमणकाे आशका गरिएकाे व्यक्तिपनि चुनावका लागि बेलायतबाट आएकाले तत्काल मन्त्री डा.खतिवडाले पनि परिक्षण गर्न झाले सुझाब दिएका छन्।
काेराेना संक्रमणकाे आशका गरिएका तीन जनालाई पाटन अस्पतालमा भर्ना गरिएको छ। उनीहरु गत ५ चैतमा बेलायतबाट आएको खुलेको छ। अहिले उनीहरु बस्दै आएको अपार्टमेन्ट प्रहरीले सिल गरेको छ। अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ।