नयाँ वर्ष २०७७ मा कोरोना भाइरस पराजित होस्, शुभकामना : कमल थापा


राप्रपा अध्यक्ष कमल थापाले नयाँ वर्ष २०७७ कोरोना भाइरसलाई परिजत गरी मानव जातिको सर्वोच्चता र श्रेष्ठता स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् । 

नेपाली जनतालाई नयाँ वर्ष २०७७ को शुभकामना सन्देश दिँदै उनले भनेका छन्, 'कोरोना भाईरसको अप्रत्यासित महामारीबाट अहिले सम्पूर्ण विश्व आक्रान्त बनेको छ। मानवजातिमा अन्तर्निहित अभूतपूर्व ज्ञान बिज्ञानको क्षमतालाई चुनैती दिदैं देखापरेको कोभिड(१९लाई पराजित गरि मानवजातिको सर्वोच्चता र श्रेष्ठता स्थापित गर्न २०७७ निश्चय पनि सफल हुनेछ।'

उनले सन्देशमा कोरोना भाईरसको प्रकोपबाट नेपालको अर्थतन्त्रलाई गंभीर प्रभाव पार्ने निश्चित भएको बताउँदै महामारी सकिएपछिको तयारीमा लाग्न सरकारसँग आग्रह गरेका छन् । 'निश्चित आय भएका वर्ग, साना मझौला उद्योग र संगठित आधुनिक आर्थिक क्षेत्रको उत्थानका निमित्त सरकारले विशेष नीति र कार्यक्रम ल्याउनु अनिवार्य छु, उनले भनेका छन्, 'त्यसर्थ, महामारी सकिएपछि त्यसवारे सोचौंला भन्ने होईन, अहिले देखि नै त्यसतर्फ गृहकार्य सुरु गर्नुपर्दछ।'

शुभकामना सन्देशको पूर्ण पाठ ;
नयाँ बर्ष २०७७ को शुभकामना आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु१ कोरोना भाईरसको अप्रत्यासित महामारीबाट अहिले सम्पूर्ण विश्व आक्रान्त बनेको छ। 
हामी नेपालीहरु पनि उक्त भाईरस विरुद्ध लडने क्रममा विगत १२ दिनदेखि लकडाउन अन्तर्गत घर भित्रै बन्दाबन्दिको अवस्थामा छौं। यसैबिच हामी बि।सं २०७७ को नयाँ बर्ष हाम्रो घर संघारमा आईपुगेको छ। दुःख, पिडा र अन्यौलपूर्ण घडिकै बिचमा पनि नयाँ बर्षको अवसरमा म देश बिदेशमा रहेका सबै नेपालीहरुको परिवारमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको मंगलमय कामना गर्दछु। 

मानवजातिमा अन्तर्निहित अभूतपूर्व ज्ञान बिज्ञानको क्षमतालाई चुनैती दिदैं देखापरेको कोभिड(१९लाई पराजित गरि मानवजातिको सर्वोच्चता र श्रेष्ठता स्थापित गर्न २०७७ निश्चय पनि सफल हुनेछ। हामी नेपालीहरुको चाहना अनुरुप सुशासन र आर्थिक सम्बृद्धिको लक्ष्य हासिल गर्ने सन्दर्भमा नयाँ बर्ष कोसेढुंगा बन्न सकोस् भन्ने शुभ कामना समेत व्यक्त गर्दछु। रोग,भोक, गरिबी र अशिक्षाबाट नेपालीलाई मुक्त तुल्याउने अभियानले बि।सं २०७७ मा ऐतिहासिक सफलता प्राप्त होस्। 

आजसम्म आम नेपाली जनताले लकडाउनको अवधिमा प्रदर्शित गरेको धैर्यता, आत्मसंयम र स्व(अनुशासनको परिणाम स्वरुप कोरोना भाईरसको महामारीले भयावह रुप लिन सकेको छैन। तर, खतरा अझै टरेको छैन।बिश्वका विभिन्न देशहरु र खासगरी छिमेकी भारत र चिनको अनुभवबाट पाठ सिकेर हामी निरन्तर सजग रहनु जरुरी छ। 

साधन श्रोत सम्पन्न विकसित देशहरुले समेत कोरोना भाईरस विरुद्ध लडन कठिन संघर्ष गर्नुपरिरहेको अवस्थामा नेपाल जस्तो साधन श्रोत कम भएको र कमजोर व्यवस्थापन क्षमता भएको देशले लकडाउनको कठोर पालनाबाट मात्र भाईरसको प्रकोपलाई पराजित गर्न सक्दछ।यो यथार्थलाई आत्मसात गर्न म सबैमा अपिल गर्दछु। 

कोरोना भाईरसको प्रकोपबाट नेपालको अर्थतन्त्रलाई गंभीर प्रभाव पार्ने निश्चित छ। निश्चित आय भएका वर्ग, साना मझौला उद्योग र संगठित आधुनिक आर्थिक क्षेत्रको उत्थानका निमित्त सरकारले विशेष नीति र कार्यक्रम ल्याउनु अनिवार्य छ। त्यसर्थ, महामारी सकिएपछि त्यसवारे सोचौंला भन्ने होईन, अहिले देखि नै त्यसतर्फ गृहकार्य शुरु गर्नुपर्दछ। भारतीय सिमा क्षेत्रमा शरणार्थी भएर बसेका नेपालीहरुलाई आवश्यक परिक्षण र क्वारेन्टाइन व्यवस्था गरि घर फर्काउने वारे सरकारले पुनर्विचार गरोस् भन्ने आग्रह गर्दछु।

तर, कोरोना महामारी अन्त नभएसम्म भारतसंगको सिमा बन्द गर्न र आवश्यक नियमन गर्न समेत सरकारको ध्यानाकर्षण गर्दछु। अन्तमा, नयाँ बर्ष २०७७ प्रजातन्त्रको सुदृढीकरण, राष्ट्रियताको सम्वर्द्धन र देशको सर्वांगीण आर्थिक विकासको बर्ष बन्न सकोस्। धन्यवाद
 

 

 

 

प्रकाशित मिति: : 2020-04-12 21:34:12

प्रतिकृया दिनुहोस्