लुम्बिनीमा गत बिहीबार भएको आगलागी प्रभावितलाई राहत सामग्री वितरण गरिएको छ। राष्ट्रियसभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराईको पहलमा खाद्यान्नलगायत राहत सामग्री शनिबार वितरण गरिएको हो।
प्रमुख सचेतक भट्टराई, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय र अधिकारकर्मी लक्ष्मी मिश्रले आगलागीबाट प्रभावित परिवारलाई चामल, दाल, नुन, तेल, आलुलगायत खाद्य सामग्री सहयोग गरेका हुन्।
विद्युत चुहिएर लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ का सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएका थिए। लकडाउनका समयमा भएको आगलागीबाट घरका खाद्यान्न, लत्ताकपडा सबै जलेपछि उनीहरुले सहयोगको आग्रह गरेका थिए।