भृकुटीदेवी ट्रष्टले शनिबार जिल्ला अस्पताल इनरुवा सुनसरीमा कार्यरत स्वास्थ्यकर्मीलाई पिपिइ हस्तान्तरण गरेको छ।
स्वास्थ्यकर्मीलाई कोरोना सक्रमणको जोखिमबाट सुरक्षित हुँदै सेवा प्रवाह गर्नका लागि पिपिइलगायत सामग्री जिल्ला समन्वय समिति सुनसरीका सभापति तथा अस्पताल विकास समितिका अध्यक्ष गोपालराज भण्डारीलाई हस्तान्तरण गरेको जिल्ला अस्पताल इनरुवाका इमर्जेन्सी कक्षका इञ्चार्ज गुणानन्द झाले जानकारी दिए।
'५० थान पिपिई तथा १०–१० थान चश्मा पञ्जा, बुट कभर र एन ९५ मास्क हस्तान्तरण गरेको हो' उनले भने। स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीले आवश्यक साधनस्रोत नहुँदा सामाजिक दूरी कायम राख्दै सेवा दिँदै आएको बताउदैं उनले भने, 'सामग्री हस्तान्तरण गरिएपछि सहज भएको छ।'