अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा सहयोगीको स्टानली चेराको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ।
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा ट्रम्पले शनिबार चेराको निधन भएको संक्रमण पुष्टि गरेका हुन्।
न्यूयोर्कका रियल स्टेट व्यवसायी ७८ वर्षका चेरा न्युयोर्ककै अस्पतालमा उपचार गराइरहेका थिए।
ट्रम्पले ह्वाइट हाउस ब्रिफिङ्गको क्रममा बारम्बार आफ्ना एक साथीलाई कोरोना भाइरसको संक्रमण भएको र त्यसले समस्या उत्पन्न भएको बताउने गरेका थिए।
अमेरिका अन्तत: कोरोना भाइरस संक्रमणका सबै अप्रिय कीर्तिमान आफ्नो पक्षमा पारेर वर्चस्व कायम गर्न सफल भएको छ। उसले मृतक संख्यामा पनि इटलीलाई जितेपछि बाँकि रहेको यो कीर्तिमान पनि अमेरिकाकै पक्षमा आएको हो।
यो समाचार तयार पारिरहेको बेला अमेरिकामा २०,५७७ को मृत्यु भैसकेको छ।
न्युयोर्कमा पछिल्लो २४ घण्टामा ७८३ को मृत्यु भएको गभर्नर एण्ड्रयु कुमोओले पुष्टी गरेका छन्। यो संख्याले अझै पनि यहाँ कोरोना कहरको वेग नरोकिएको देखाएको छ।