बेलायतका डाक्टर भन्छन्: हाम्राे जीवन जोखिममा छ

बिएल संवाददाता

काठमाडाै‌ं

बेलायतका डाक्टरले अत्यावश्यक सुरक्षा सामग्रीको अभावमा आफूहरुको जीवन जोखिममा रहेको बताएका छन्। 

बेलायतको डाक्टरहरुको सङ्गठन मेडिकल एसोसिएशन (बीएमए)ले कोरोना भाइरस सङ्क्रमित बिरामी जाँच्न आवश्यक सुरक्षा सामग्री नपाइएको जनाएको छ।

बीएमएका काउन्सिल अध्यक्ष डाक्टर चाँद नागपालले डाक्टरहरुलाई अप्ठेरो अवस्थामा पुर्‍याइएको भन्दै उनीहरूसामु उचित सुरक्षाबिना नै काम गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताएका छन्। 

बेलायतमा अहिलेसम्म ७३ हजार सात सय ५८ जना कोरोना सङ्क्रमित भेटिएका छन् भने कोरोनाका कारण झण्डै ९ हजार जनाको ज्यान गएको छ। 

यस्तै कोरोना सङ्क्रमितको सङ्ख्या विश्वमा १७ लाख पुगेको छ। तीन लाख ७७ हजारभन्दा धेरै उपचारपछि घर फर्किएका छन् भने एक लाखभन्दा धेरैको ज्यान गएको छ। 

प्रकाशित मिति: : 2020-04-11 19:10:53

प्रतिकृया दिनुहोस्