वीर र टेकु अस्पतालमा पनि कोरोना परीक्षण हुने

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा थप दुई ठाउँमा कोरोन भाइरसको परीक्षण गर्ने भएको छ।

शनिबार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले वीर अस्पताल र टेकु अस्पतालमा पनि कोरोनाको परीक्षण गरिने बताए।

आजसम्म मुलुकभर ८२ जना आइसोलेसनमा र ८ हजार ८२ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म देशभरी ४ हजार ४ सय २६ कोरोनाको नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा देशभरमा ८ सय ९७ जनाको नमुना परीक्षण भएको छ।

हाल उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुँदैछ भने सातैवटै प्रादेशिक अस्पतालमा परीक्षण भइरहेको छ।

प्रकाशित मिति: : 2020-04-11 17:28:11

प्रतिकृया दिनुहोस्