कोरोना भाइरसको संक्रमण भएपछि साउदी अरबका राजकुमार बिन अब्दुल अजिज अललाई ‘आइसीयु’मा भर्ना गरिएको छ।
यसैगरी, साउदी अरबका ८४ वर्षीय राजा सलमान जेद्दालाई पनि ‘आइसोलेसन वार्ड’मा राखिएको छ। साउदीका राजा र राजकुमार कोरोना संक्रमित भएपछि शाही परिवारलाई ‘क्वारेन्टाइन’मा राख्न एक अस्पतालमा ५०० ओटा बेड तयार पारिएको छ।
सो अस्पतालमा तयार पारिएको क्वारेन्टाइन र आइसोलेसनकक्षमा अन्य कुनैपनि कोरोना संक्रमितलाई नराख्न र उनीहरुलाई अन्यत्र सार्न सरकारले त्यहाँका चिकित्सकहरुलाई निर्देशन दिइसकेको छ।
शाही सदस्यहरु युरोप भ्रमणबाट फर्केपछि देशमा कोरोना संक्रमण फैलिएको बताइएको छ।
राजकुमार बिन अब्दुल अजिज अलसँगै राजधानी रियादका गभर्नरलाई पनि आइसीयुको आइसोलेसन वार्डमा राखिएको छ।
यसअघि, स्वास्थ्यमन्त्री तौफिक जल रबियाले साउदीमा कम्तीमा दुई लाख व्यक्ति कोरोना संक्रमित हुन सक्ने अनुमान गरेका थिए।