प्रहरीमा आधा घट्यो डिआईजीको दरबन्दी

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले नेपाल प्रहरीको जनपदतर्फ नायब महानिरिक्षक (डीआईजी)को दरबन्दी आधा घटाएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनपदतर्फ डीआईजी दरबन्दी संख्या १३ मा झारेको हो।

यसअघि नेपाल प्रहरीमा प्राविधिकबाहेक २६ डीआईजी दरबन्दी थियो। अब जनपदतर्फ ९ डीआईजी दरबन्दी रिक्त छ।

 प्रदेश प्रहरी कार्यालयमा  ७, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी), विशेष ब्यूरो, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी महानिरीक्षकको सचिवालयमा एक एक गरि १३ डीआईजीको दरबन्दी तय गरिएको हो।

प्रकाशित मिति: : 2020-04-07 07:09:40

प्रतिकृया दिनुहोस्