चीनद्वारा दक्षिण सुडानलाई हजार टन चामल सहयोग

बिएल संवाददाता

काठमाडाै‌ं

चीनले पूर्वी अफ्रिकी देश दक्षिण सुडानलाई आपतकालीन खाद्यान्न सहयोग कार्यक्रमको अन्तर्गत एक हजार ४० टन चामल सहयोग गरेको छ।

चीनद्वारा पठाएको खाद्य सहायता अप्रिल ४ मा राजधानी जुबामा आइपुगेको छ।  गत वर्षको विनाशकारी बाढी र मरुभूमि क्षेत्रमा देखिने  सङ्क्रमणबाट प्रभावित पीडितहरूलाई वितरण गरिनेछ। 

सहयोगबारे दक्षिण सुडानका लागि चिनियाँ राजदूत हुआ निङले भने ‘चीनले दक्षिण सुडानसँग खाद्यान्न सुरक्षा, स्वास्थ्य, राहत सहयोग जस्ता विभिन्न क्षेत्रमा सहयोग गर्दैआएको छ र यो पछिल्लो सहयोग यसैको निरन्तरता हो।’

चीनले दक्षिण सुडानसँग कोरोनाको सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि निकै नजिकबाट सहयोग गरिरहेको बेला भोकले आक्रान्त रहेका नागरिकलाई सहयोग गर्न यथासक्दो पहल गरिरहेका उनले बताए। 

छ वर्षको गृहयुद्वका कारण प्रभावित दक्षिण सुडानमा गत हप्ताको अन्त्यमा कोभिड–१९ बाट सङ्क्रमित पहिलो व्यक्ति भेटिएका थिएभने अहिलेसम्म थप सङ्क्रमित व्यक्ति भने भेटिएका छैनन्। यहाँ कोभिड–१९ भन्दापनि अलिेसम्म गम्भीर खाद्यान्न असुरक्षा र कुपोषणको अवस्था रहेको भन्दै चीनले दक्षिण सुडानमा अन्य कार्यक्रमहरू पनि गर्दै आएको  यसलाई निरन्तरता दिने उनले बताए।

चिनियाँ दूतले बेइजिङ्को दृढ समर्थन दक्षिण सुडानलाई दिगो शान्ति र स्थायित्व प्राप्त गर्न सहयोग गर्नेमा रहने पनि बताए। 

‘हामीलाई विश्वास छ कि शान्ति प्रक्रियाको निरन्तर प्रगतिका साथै दक्षिण सुडान र अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयासले देशले अगाडि आउने चुनौतिहरूलाई पार गर्न सक्ने विश्वास लिएका छौँ।’

प्रकाशित मिति: : 2020-04-06 21:47:54

प्रतिकृया दिनुहोस्