दक्षिण पश्चिम चीनको कुइझो प्रान्तले यस वर्ष २० अर्ब यूआन (दुई खर्ब ८२ अर्ब अमेरिकी डलर) खर्च गरी आरक्षित जङ्गल क्षेत्रको विस्तार गर्ने योजना बनाएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन्।
चीनको गरिब प्रान्तकारूपमा चिनिने यो क्षेत्रमा केन्द्र सरकारले गरिबी निवारण कार्यक्रम अन्तर्गत ठूला ठूला आयोजनाहरूमा लगानी गरेको छ। यहाँ रहेका खास गरी आदिबासी अल्पसङ्ख्यक समुदायलाई चिनियाँ कम्युनिष्ट पार्टीको मार्गदर्शन र सरकारको योजना अनुसार गरिबीको रेखामूनि रहेका नागरिकलाई नमूना समाजवादी वस्तीको निर्माण गरी आधुनिक चीनको विकाससँग जोडेको छ।
चीनमा राष्ट्रपति सी चिनफिङको नेतृत्वसँगै यहाँका गरिबीको रेखामूनि रहेका जनतालाई गरिबीबाट माथि उठाउने घोषणा गरेका थिए।
प्रान्तीय वन विभागका अनुसार सरकारले ल्याएको आरक्षित जङ्गल विस्तारको योजनाबाट गरीवीको रेखामूनि रहेका करिब एक लाख नागरिकको आम्दानी बढ्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय आरक्षण क्षेत्र निर्माणको गतिलाई बल दिँदै कुुईझौ वन अर्थव्यवस्थालाई विकास गरिरहेको छ। सन् २०१९ को अन्त्यसम्म कुईझौको वन अर्थव्यवस्था अन्तर्गत करीव १३ लाख ७० हजार हेक्टर क्षेत्रफलको बिस्तार गर्ने कार्यक्रमबाट यहाँका करिब पाँच लाख नागरिकलाई रोजगारी मिलेको छ। जलवायु परिवर्तनका लागि चीनले गरेको प्रतिवद्धता पूरा गर्ने र गरिबीको रेखामूनि रहेका नागरिकलाई नमूना समाजवादी वस्तीमा राखी सहकारीमार्फत् उत्पादनसँग जोड्ने कार्यक्रमले कुइचोमा विगत केही वर्षदेखि गरिएको प्रत्यक्ष लगानी २२ अर्ब युआनमा पुगेको छ।
प्रान्तले सन् २०१९ मा एक लाख १२ हजार वनपाले थपेर एक लाख ७२ पुर्याएको छ भने उनीहरूलाई जङ्गलको सुरक्षासँगै रोजगारीमा जोडेको स्थानीय अधिकारीहरूले बताएका छन्।
चीनमा राष्ट्रिय आरक्षित वन प्रणाली सुरू गरिएको छ जसबाट ३८ लाख ८० हजार हेक्टर जमिन रहेको जङ्गली क्षेत्रलाई राष्ट्रिय आरक्षण क्षेत्रसँग जोडेको छ।