बिहार राज्यमा कोरोना संक्रमितको संख्या ३२

नेपालसँग जोडिएको भारतको बिहार राज्यमा कोरोना भाइरस संक्रमितको संख्या आइतबारसम्म ३२ पुगेको छ। 

तर बिहारमा परीक्षण अति सुस्त गतिमा भएकाले संक्रमितको संख्या कम देखिएको हुन सक्ने बताइएको छ।

यस्तै उत्तर प्रदेशमा कोरोना भाइरसका कारण अहिलेसम्म तीनजनाको मृत्यु भएको छ। वाराणसी, बस्ती र मरठमा एक–एकजनाको मृत्यु भएको थियो। राज्यमा संक्रमितको संख्या २७६ पुगेको छ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ। स्वाथ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १०९ जनाको मृत्यु भएको छ।

यस्तै संक्रमितको संख्या चार हजार ६७ रहेको मन्त्रालयले उल्लेख गरेको छ। त्यसमध्ये २९१ जनालाई संक्रमण निको भएको छ।

प्रकाशित मिति: : 2020-04-06 11:42:42

प्रतिकृया दिनुहोस्