जुम्लाको पातरासी गाउँपालिकामा प्रवेश निषेध

जुम्लाको पातरासी गाउँपालिकामा कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै प्रवेश निषेध गरिएको छ। पातारासीका गाउँहरु अहिलेसम्म सुरक्षित रहेको र अब पनि सुरक्षित राख्ने भन्दै प्रवेश निषेध गरिएको हो। 

सोमबारबाट लागू हुनेगरि पातारासी प्रवेशमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष लक्षिमान बोहोराले जानकारी दिएका छन्। ‘जुम्लामा अहिलेसम्म कोरोना देखिएको छैन। अहिलेसम्म हामी सुरक्षित छौं,’ उनले भने, ‘सबै नाका बन्द गर्ने र एक गाउँको मान्छे अर्को गाउँमा नजाने भनेर सूचना गरेका छौं।’ 

अत्यावश्यक कामका लागि वडा समन्वय समिति र पालिका स्तरीय समन्वय समितिबाट सिफारिस लिने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

गाउँपालिकामा रकामान्तर गरि १० लाखको विपन्न राहत कोष स्थापना गरिएको छ। गाउँपालिकाले कोरोना लक्षित ५ लाखको स्वास्थ्य सामग्री खरिद गरेको स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-05 21:49:28

प्रतिकृया दिनुहोस्