क्लब अफ महाकाली क्लासिकले घरघरमा निःशुल्क औषधि पुर्याउने भएको छ। ‘लकडाउन’ मा अन्य रोगका बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि खरिद गर्न जान समस्या हुने भन्दै घरमै नि:शुक पुर्याउने भएको हो।
क्लबका प्रथम उपाध्यक्ष सुनिल थापाले मानसिक रोगी, मधुमेह, उच्च रक्तचापलगायत नियमित औषधि सेवन गर्नेले औषधि माग गरेबमोजिम घरमै पुर्याउँदै आएको बताए।
'अशक्त र औषधि किन्न बजारसम्म पुग्न नसक्नेलाइ यो व्यवस्था मिलाएका हौँ', थापाले भने, 'हामीले सामाजिक सञ्जालमा सम्पर्क नम्बर सार्वजनिक गरेका छौँ।' क्लबले भीमदत्तनगरको महाकाली अस्पताललाई पाच थान पिपिइ र स्यानिटाइजर उपलब्ध उनको भनाइ छ।
'बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पुगोस् भन्ने चाहनाका साथ क्लबले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको हो' उनले भने।