कोरोना त्राश: इमाडोलबासीले १३ विदेशीलाई टोलबाट हटाए

ललितपुरको इमाडोलका स्थानीयबासीले इन्डोनेसियन नागरिकलाई निकालेका छन्। कोरोना भाइरस फैलिन सक्ने भन्दै सप्तरीमा भएको एक धार्मिक कार्यक्रममा सहभागी हुन नेपाल आएका १३ इन्डोनेसियन नागरिकलाई स्थानीयले बिहीबार राति निकालेका हुन्।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रवक्ता एसपी दुर्गा सिहंका अनुसार धार्मिक कार्यक्रममा गएको डिसेम्बरमा आएका उनीहरु ललितपुरको इमाडोलमा बस्दै आएका थिए। 

‘उहाँहरु धार्मिक कार्यक्रममा सहभागि भएर आउनु भएको रहेछ,’प्रवक्ता सिहले बीएल नेपाली सेवासँग भनिन्,‘ अपरिचित पर्यटकलाई देखेपछि स्थानियहरुले प्रहरीलाई खबर गर्नु भएको थियो।’

अहिले उनीहरुलाई सुरक्षित उद्दार गरिएको उनले बताइन्।  ‘विरोधको अवस्था सृजना भएपछि १३ इन्डोनेसियन नागरिकलाई हामीले उद्धार गरी सुरक्षित स्थानमा राखेका छौं’, प्रवक्ता सिहले भनिन्।

प्रकाशित मिति: : 2020-04-03 09:03:56

प्रतिकृया दिनुहोस्