अष्ट्रेलियाको न्यु साउथ वेल्स तीन महिना लकडाउन, उल्लंघन गरे प्रतिव्यक्ति एक हजार डलर जरिवाना

अष्ट्रेलियाको न्यु साउथ वेल्समा लकडाउन तीन महिनासम्म जारी रहने भएको छ। अहिले जारी रहेको लकडाउन जुन २७ सम्म जारी राखिने छ। न्यु साउथ वेल्सका प्रहरी कमिश्नर मिक फुलरले आफू उक्त समयसीमापछि भने यो लकडाउन नलम्ब्याउने पक्षमा रहेको बताएका छन्।

कोरोना भाइरस  नियन्त्रणका लागि चालिएको कदमले सकारात्मक नतिजा दिइरहेको भन्दै प्रशंसा भइरहेको बेलामा न्यु साउथ वेल्सले यस्तो निर्णय गरेको हो। 

अहिले न्यु साउथ वेल्सका मानिसलाई अष्ट्रेलियामा सबैभन्दा कठिन प्रतिबन्ध लगाइएको छ। लकडाउन उल्लंघन गरे तत्काल प्रतिव्यक्ति एक हजार डलर जरिवाना लगाउन पाउने अधिकार प्रहरीलाई दिइएको छ।

अधिकतम जरिवाना ११ हजार डलर र छ महिनाको जेल सजाय तोकिएको छ। यहाँका मानिसलाई घरबाट बाहिर निस्किन कानूनले नछेकेको कामको कारण चाहिन्छ।  एबीसीन्युजले उल्लेख गरेअनुसा काम, पढाइ, शपिङ तथा खाद्यान्नको लागि भने प्रतिबन्ध लगाइएको छैन।

यो अष्ट्रेलियाको कोरोनाबाट सबैभन्दा प्रभावित क्षेत्र हो। अहिलेसम्म यो राज्यमा १० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ। बुधबार यो क्षेत्रमा एक सय १६ नयाँ संक्रमित फेला परेका थिए। यससँगै समग्र संक्रमितको संख्या दुई हजार दुई सय ९८ पुगेको थियो। 

प्रकाशित मिति: : 2020-04-02 09:41:48

प्रतिकृया दिनुहोस्