भारतको पुनेमा आएको बाढीमा परि १७ जनाको मृत्यु

तस्बिरः एजेन्सी

अत्याधिक वर्षासँगै भारतको पुनेमा आएको बाढीमा परि १७ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उद्धारकार्य जारी छ । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फदनबीसले मृतकमाथि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।साथै १५ हजार मानिसलाई उद्धार गरिएको जानकारी दिएका छन् ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टादेखि भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । यहाँका स्कुल, कलेज समेत बन्द गरिएको छ । यस वर्ष भारतका विभिन्न क्षेत्रमा भारी वर्षाका कारण ठूलो जनधनको क्षति भइसकेको छ ।

प्रकाशित मिति: : 2019-09-26 17:15:54

प्रतिकृया दिनुहोस्