न्यूजिल्याण्डमा कोरोना संक्रमणका कारण पहिलो व्यक्तिको मृत्यु

एजेन्सी

काठमाडाै‌ं

न्यूजिल्याण्डमा कोरोना भाइरसको संक्रमणका कारण पहिलो व्यक्तिको मृत्यु भएको छ। न्यूजिल्याण्डमा आइतबार कोरोनाका कारण ७० वर्षकी महिला  रहे हेराल्र्डले जनाएको छ। उनको ग्रेमथ हस्पिटलमा ज्यान गएको हो।

गएको शुक्रबार बिहान ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।  प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले कोरोनाका कारण भएको ती महिलाको मृत्युले मर्माहत बनाएको बताएकी छन्।

न्यूजिल्याण्ड अहिले सेल्फ आइसोलेसनमा छन्। कोरोनाको संक्रमण फैलिन नदिने प्रयास स्वरुप पूरै देश आइसोलेसनमा गएको हो।

प्रधानमन्त्री ज्यासिन्डाले कोरोनाविरुद्धको युद्ध जारी रहेको बताउँदै सबै नागरिकलाई घर भित्रै बस्न आग्रह गरेकी छन्। न्यूजिल्याण्डमा अहिलेसम्म ५१४ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-03-29 20:41:11

प्रतिकृया दिनुहोस्